बालेनलाई योगेशले भने ‘फोहोर व्यवस्थापनबारे ठोस प्रस्ताव’ ल्याउनुहोस्, एमाले सहयोग गर्न तयार छ | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

बालेनलाई योगेशले भने ‘फोहोर व्यवस्थापनबारे ठोस प्रस्ताव’ ल्याउनुहोस्, एमाले सहयोग गर्न तयार छ

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई फोहोर व्यवस्थापन बारे ठोस प्रस्ताव ल्याउन र एमाले संग सहकार्य गर्न आग्रह गरेका छन् । आईबार प्रतिनिधिसभा बैठकको सुन्य समयमा बोल्दै भट्टराईले संघीय सरकारको भर परे मेयर बालेन असफल हुने बताउँदै एमाले संग सहकार्य गर्न आग्रह गरेका हुन् ।

‘यदि सरकारको भर पर्नुभयो भने तपाईं ‘बालेन’असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ,’ भट्टराईले भने । उनले एमालेसँग स्पष्ट दृष्टिकोण रहेको भन्दै मेयर बालेनलाई सहकार्यका लागि प्रस्ताव समेत गरेका छन् । बैठकमा बोल्दै भट्टराईले भने ‘म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु– आउनुहोस् ठोस प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ, नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ,’ ।

Leave a Reply

ताजा समाचार