तौलिहवा– गोरुसिंगे पक्की सडकको निर्माण कार्य सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

तौलिहवा– गोरुसिंगे पक्की सडकको निर्माण कार्य सम्पन्न

शम्भू माली
,१६ फागुन कपिलवस्तु
कपिलवस्तु सदरमुकाम तौलिहवालाई निकै छोटो दुरी र कम समयमा पुर्वपश्चिम राजमार्गसंग जोड्ने सडक तौलिहवा– गोरुसिंगे पक्की सडकको निर्माण कार्य सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । १४ किमि लामो सडक यही चैत महिना भित्रै निर्माण कार्य संपन्न हुने सडक डिभिजन कार्यालय कपिलबस्तुले जनाएको छ ।

तौलिहवा– गोरुसिंगे पक्की सडकको निर्माण कार्य सम्पन्न


शम्भू माली
कपिलवस्तु,१६ फागुन ।
कपिलवस्तु सदरमुकाम तौलिहवालाई निकै छोटो दुरी र कम समयमा पुर्वपश्चिम राजमार्गसंग जोड्ने सडक तौलिहवा– गोरुसिंगे पक्की सडकको निर्माण कार्य सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । १४ किमि लामो सडक यही चैत महिना भित्रै निर्माण कार्य संपन्न हुने सडक डिभिजन कार्यालय कपिलबस्तुले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग देखि सदरमुकाम तौलिहवासम्म पुग्ने सबैभन्दा छोटो दुरीको यो सडक पक्की भएपछि मात्र १५ मिनेटमा गोरुसिंगेदेखि तौलिहवा पुग्न सकिन्छ । एक बर्ष अघि देखि निर्माण थालिएको उक्त सडक समय सिमा भन्दा अगावै निर्माण सम्पन्न हुने सडक बिभागले जनाएको छ । सडक निर्माण सम्झौता अनुसार ३० महिना भित्र सम्पन्न गर्नुपर्ने  भएपनि १८ महिनामै यो सडक निर्माण सम्पन्न हुन लागेको सडक डिभिजन कार्यालय कपिलबस्तुका सव–इन्जिनियर शान्तनु झाले बताउनुभएको छ ।

५ दशमलव ५ मिटर चौडा पक्की र साईट सोल्जर गरी ७ मिटर चौडा सडक रहेको छ । सो सडकमा गिट्टी बिछाउने बेसको काम र प्राईम कोर्डको काम संपन्न भईसकेको छ । त्यस मध्ये करिब ७ किमि डिबिएसटी प्रबिधिको पक्की सडक निर्माण कार्य समेत पुरा भएको छ । निर्माण कम्पनी भैरव कन्ट्रक्सन प्रालि, काठमाडौंले ठेक्का पाएको उक्त सडक निर्माणको कुल लागत ९ करोड १६ लाख रहेको छ । धुलाम्मै परेको सडक अहिले पक्की भएपछि यात्रुलाइ निकै सजिलो भएको निर्माण कम्पनी भैरव कन्र्टक्सनका लक्ष्मण चापागाईले बताउनुभएको छ ।

गत बर्ष मधेस आन्दोलन र निर्माण सामाग्रीको अभावले गर्दा सो सडकको निर्माण कार्य केहि समय रोकिएको थियो । सो सडक पक्की भएपछि उत्तरी र दक्षिणी क्षेत्रको ब्यापार र ब्यवसाय समेत फस्टाउने ब्यापारीहरुको भनाइ छ । सो सडक निर्माणले भारतको खुनुवा देखि अर्घाखाचीको सन्धिखर्कको सिधा सम्पर्क जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);