कोसीटप्पुबाट चित्तलको मासुसहित सिकारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

कोसीटप्पुबाट चित्तलको मासुसहित सिकारी पक्राउ

काठमाडौं। कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ । श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्ति चित्तलको मासुसहित पक्राउ परेका हुन् ।

पक्राउपश्चात् उनलाई सोधपुछ गर्ने क्रममा उक्त क्षेत्रबाट अन्य सिकारीलाई पनि पक्राउ गरिएको बताइएको छ । संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी सर्च गर्दा अन्य सात जना सिकारी पक्राउ गरेको हो ।पक्राउ परेका व्यक्तिबाट जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल–२, टिका बारुद प्याकेट–१, खुँडा गोटा–१, खुकुरी गोटा–४ लगायत सामग्री बरामद गरिएको छ । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको बताइएको छ ।

Leave a Reply