राजमार्गमा सवारीसाधन चेकजाँचमा व्यापक कडाई | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

धादिङ, १७ मंसिर । दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन चार दिन बाँकी रहँदा पृथ्वी राजमार्गमा सुरक्षा ब्यवस्था कडा पारिएको छ।  केही दिनअघि राजधानी प्रवेश गर्न लागेको अवस्थामा धादिङको खानीखोलाबाट दुई भारतीय नागरिक विष्फोटक पदार्थसहित पक्राउ परेपछि राजमार्गको सुरक्षा ब्यवस्था कडा बनाइएको हो ।

लामो तथा छोटो दूरीका सबै सवारीका साधनलाई प्रहरीले निगरानीमा राख्नुका साथै गाडीहरुको विशेष रुपमा चेकजाँच गर्न थालिएको छ।