मर्स्याङ्दी गाउँपालिकाले योजनाको काम २०८० वैशाख मसान्तभित्र सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मर्स्याङ्दी गाउँपालिकाले योजनाको काम २०८० वैशाख मसान्तभित्र सक्ने

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबैखाले विकासे योजनाको काम वैशाख मसान्तभित्रै सकाउने गरी काम अघि बढाएको छ ।

गाउँपालिकाबाट सञ्चालन हुने योजना २०८० वैशाख मसान्तभित्रै सकाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार योजना सम्झौता तथा कार्यान्वयनलाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउन उक्त निर्णय गरिएको हो । गाउँपालिकाले बनाएको योजना कार्यान्वयन कार्यतालिकाअनुसार योजनाको भुक्तानी भने २०८० जेठ मसान्तसम्म सकाउने बताए । बर्खाको समयमा हुने योजनाका काम गुणस्तरीय र दिगो नहुने भन्दै वर्षातको समय अगावै योजना सक्ने निर्णय गरेको जनाएको छ ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार बैशाख महिना भित्रै सबैखाले योजनाका निर्माण तथा मर्मतकार्य सम्पन्न गर्ने निर्णय गरेको हो । गाउँपालिकाको गाउँपालिकास्तरीय अनुगमन समितिको संयोजकमा उपाध्यक्ष जुनामाया थापा रहेकी छन् ।

सदस्यहरूमा प्रशासन शाखा प्रमुख, प्राविधि शाखाका प्रमुख, सम्बन्धित शाखा प्रमुख र सदस्य सचिवमा योजना शाखा प्रमुख छन् । वडास्तरीय अनुगमन समितिको संयोजकमा वडाध्यक्षहरु छन् ।

सदस्यहरूमा सम्बन्धित भूगोलको वडा सदस्य, वडा प्राविधिक, सम्बन्धित विषयको वडाको कर्मचारी, (कृषि, पशु, स्वास्थ्य, शिक्षा) र सदस्य सचिवमा वडा सचिव छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);