तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’ | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’

काठमाडौं। चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो।

पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक रिलिज गरेका हौँ,’ निर्माता अर्जुन कुमारले भने । उनले दर्शककै मागका कारण रिलिज हुन् लागेकोसमेत बताए । निर्देशक निकेश खड्काले अब फिल्म रिलिज नहुने बताए । ‘तेस्रोपटक रिलिज भयो, अब हुँदैन । अघिल्लो दुई रिलिजमा दर्शकले फिल्म हेर्ने वातवरण थिएन । राम्रो प्रतिक्रिया बटुले पनि कोभिडका कारण दर्शक हलसम्म आएनन्,’ उनले भने।

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका कलाकारको अभिनय छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);