डलर दुई महिनायता कै कमजोर स्तरमा, विदेशी सामान सस्तो हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

डलर दुई महिनायता कै कमजोर स्तरमा, विदेशी सामान सस्तो हुने

काठमाडौं, १७ मंसिर । परिवर्तनीय (संसारको धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर दुई महिनायताकै कमजोर भएको छ। नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ। कमजोर डलरका कारण आयातित बस्तु सस्तोमा पाइने सम्भावना बढेको छ। यसले गर्दा उपभोक्तालाई राहत पुग्नेछ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलर बराबर एक सय दुई रुपैयाँ ८५ पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय तीन रुपैयाँ ४५ पैसा तोकेको छ। नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ। -नागरिक दैनिकबाट