महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु 

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा घाइते भएका छन्।

गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ६ वर्षीय आशिष सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ । माइस्थानबाट गौशालातर्फ आउँदै गरेको ना ४ ख ३३३९ नम्बरको ट्रकले आज बिहान पौने ८ बजे बिपरित दिशाबाट जाँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);