वाह ! अलैंची अभियान सुरु  | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

वाह ! अलैंची अभियान सुरु 

काठमाडौं। नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा वाह ! अलैंची अभियान शुभारम्भ गरेको छ।

होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा  सुरु  यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ । यो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउनेछ।

बेलायतको रियालिटी कुकरी टिभीशृंखला बिबीसी मास्टर सेफका विजेता सन्तोष शाह, वाह ! अलैंची अभियानको ब्रान्ड एम्बेसेडर बनेका छन् । उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहररू पनि तयार गर्नेछन् । साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाककलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);