काठमाडौं। ललितपुर, सिरहा र संखुवासभामा तीन जना मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एक जना मृत अवस्थामा भेटिएको छन् । उनी सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ रहेको प्रहरीले जनाएको छ। सोही गोठको भ¥याङमुनि बुधबार उनी मृत अवस्थामा फेला परेका हुन् । उनी त्यही गोठमा बस्दै आएका थिए । सिरहाको मिर्चैया नगरपालिका–१० मथलेश्वर बस्ने २७ वर्षीया बिमला देबी यादब आफ्नै घरको ढोका नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । संखुवासभाको खाँदबारी नगरपालिका–२ अमले भञ्ज्याङस्थित सडकमा सोही ठाउँ बस्ने ७१ वर्षीया कमला परियार दर्जी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।