ओली प्रधानमन्त्री रहेको बेलामा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओली प्रधानमन्त्री रहेको बेलामा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्का प्रसाद ओली (केपी ओली) प्रधानमन्त्री रहेको बेलामा भएको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट निवेदनहरुमाथि आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले बुधबार पेसी तोकेको हो ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ । सुनुवाइका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पुरक निवेदनहरु पेसीमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);