कोहलपुरमा घरभित्रै मृत भेटिए दम्पती : घटनाको छनविन गर्न कुकुर परिचालन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

कोहलपुरमा घरभित्रै मृत भेटिए दम्पती : घटनाको छनविन गर्न कुकुर परिचालन

काठमाडौं । बाँकेको कोहपुरमा घरभित्रै एक दम्पती मृत अवस्थामा फेला परेका छन् । कोहपुर नगरपालिका–१४ पार्वतीपुरमा २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीय अञ्जली गडरिया मृत भेटिका हुन् । प्रहरीका अनुसार अञ्जलीको शव कोठाभित्र र पति कृष्णको शव कोठाबाट निस्कनेवित्तिकै प्यसेजमा भेटिएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

‘केटाको नारी काटेको देखिन्छ जसले गर्दा निकै रगत बगेको पाइएको छ । ढोका खुलै छ । भित्रपट्टि अञ्जलीको घाँटीमा पासो लगाएजस्तो सानो डोरी देखिन्छ तर त्यहाँ त्यत्रो डोरीले झुन्डिने कतै ठाउँ देखिँदैन’, एसपी अधिकारीले भने । घटनाका बारेमा छनविन गर्नका लागि प्रहरीले कुकुरको परिचालन गरेर सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको उनले बताए । उका अनुसार एक तले उक्त घरमा ७ जनाको परिवार बस्थ्यो । कृष्ण–अञ्जली, उनका दाजुभाउजू र भदैनी तथा बुबाआमा बस्ने गरेका थिए। बुबाआमा भने साउन लागेसँगै केही समयअघि बोलबमका लागि भारत गएका थिए ।

गएराति दाजुभाउजू छतमा सुतेका थिए । गर्मीका कारण आफूहरू छतमा सुतेको उनीहरूले बताएका छन् । प्रारम्भिक सोधपुछमा क्रममा मृतकका दाजुले आफू राति ११ बजे घर आएको र माथि सुतेको बताएको प्रहरीले जनाएको छ । घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिएर अहिले तथ अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);