१४ फाल्गुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि आज उम्मेदवारले उम्मेदवारी दर्ता गर्दैछन् ।
संशोधित कार्यतालिका अनुसार शनिबार सार्बजनिक विदा भए पनि काठमाडौं उपत्यका सहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम यथावत रहने त्रिभुवन विश्वविद्यलयले जनाएको छ ।
आज बिहान १० देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी मनोनयन गर्ने र साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ । यस्तै आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्ने समय तोकिएको छ ।
मध्यान्न १२ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी नामावली प्रकाशन गरिने छ । आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिएको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । ८ बर्षपछि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ ।