ह्वाइट कोट समारोहमा गर्भपन विरोधी चिकित्सक मुख्य वक्ता बनइएपछि.. | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

ह्वाइट कोट समारोहमा गर्भपन विरोधी चिकित्सक मुख्य वक्ता बनइएपछि..

न्युयोर्क। एक गर्भपतन विरोधी डाक्टर कार्यक्रमको मुख्य वक्ताको रूपमा स्टेजमा पुगेपछि युनिभर्सिटी अफ मिसिगिन मेडिकल विद्यालयका विद्यार्थीहरूले ह्वाइट कोट समारोह बहिस्कार गरेका छन् ।

गर्भपात विरोधी डा क्रिस्टिन कोलियरले भाषण सुरु गर्ने बित्तिकै विद्यार्थीहरू कार्यक्रमबाट बाहिर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
ह्वाइट कोट समारोह एक औपचारिक कार्यक्रम हो, जसमा विद्यार्थीहरूलाई सेतो कोट प्रदान गरिन्छ र यसले मेडिसिन क्षेत्रमा उनीहरूको औपचारिक प्रवेश गरेको संकेत गर्छ ।

क्लिप ट्विटरमा नोटको साथ सेयर गरिएको छ, आउँदै गरेका मेडिकल विद्यार्थीहरू मिसिगन विश्वविद्यालयको सेतो कोट समारोहमा बाहिर निस्कन्छन् किनभने मुख्य वक्ता गर्भपात विरोधी छन् । भिडियोलाई १० घन्टामा २८ लाख पटक हेरिएको छ ।

PreviousNext

Leave a Reply