सर्लाही । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
२ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
३ घन्टा अघि
३ कारोबार दिनपछि शेयर बजार घट्यो
२१ घन्टा अघि
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने
१ दिन अघि