प्रतिनिधि बिबादका कारण प्रेस युनियनमको मतदान अझै सुरु भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

प्रतिनिधि बिबादका कारण प्रेस युनियनमको मतदान अझै सुरु भएन

हेटौंडा। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन।

निर्वाचन समितिले मतदाता नामावली टाँस गरिसकेको भए पनि प्रतिनिधि बिबादका कारण मतदान सुरु नभएको केन्द्रिय सदस्यका उम्मेदवार तेजन खडकाले जानकारी दिए । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि मतदान शुरु हुनु पर्ने थियो भने दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका थियो ।जारी अधिवेशनमा १ हजार ६ सय ३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्, जसअनुसार संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालको प्यानल प्रतिस्पर्धामा छ।

Leave a Reply