मन्दाकिनी हाइड्रोपावरले आइपीओ खुला गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८१, शुक्रबार

मन्दाकिनी हाइड्रोपावरले आइपीओ खुला गर्ने

काठमाडौं।मन्दाकिनी हाइड्रोपावरले ९ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले ११ करोड ७६ लाख सात हजार तीन सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
१२ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २३ साउनसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);