काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा हैजाका बिरामीको संख्यामा बृद्धि हुँदै जान थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार आईतबार सम्म ३१ जनामा हैजाको संक्रमण पुष्टि भैसकेको छ । जस मध्य १४ बर्ष मुनीका मात्रै ६ जना बालबालिका रहेका छन् ।
त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्षसम्मका १० जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ । हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेको छन् । पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो । त्यसपछि बिरामीको संख्या बढ्दै गएकोछ ।
उपत्यकामा ३१ जनामा हैजा पुष्टि हुदाँ १४ बर्ष मुनिका ६ जना बालबालिका
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
१० घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
१२ घन्टा अघि