संकट समाधान गर्न सम्भावित सबै कदम चालेंः गोटाबाय राजापाक्षे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

 संकट समाधान गर्न सम्भावित सबै कदम चालेंः गोटाबाय राजापाक्षे

कोलम्बो। श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय  राजापाक्षेले आर्थिक संकटबाट बच्न ‘सम्भावित सबै कदम’ चालेको बताएका छन् । आफूविरुद्धको प्रदर्शन उग्र भएपछि उनी यसै साता माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । उनको राजीनामा शुक्रबार संसदले अनुमोदन गरेको छ । श्रीलंकाका सभामुखलाई बुझाएको आफ्नो पत्रमा राजापाक्षेले श्रीलंकाको आर्थिक संकटको जड आर्थिक कुप्रबन्धमा भएको बताए । कोभिड–१९ महामारीको कारणले श्रीलंकाको पर्यटक आगमन र विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा ठूलो कमी आएको पनि उनले बताएका छन् ।

यसअघि उनले पठाएको पत्रको पूर्ण विवरण सार्वजनि गरिएको थिएन् । ‘यो मेरो व्यक्तिगत विश्वास हो कि मैले यस संकट सम्बोधन गर्न सबै सम्भावित कदमहरू चालेको छु, जसमा सांसदहरूलाई सर्वदलीय सरकार गठन गर्न आमन्त्रित गर्ने लगायतका छन्’ पत्रमा भनिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);