लमजुङ। लगातारको वर्षाका कारण डुम्रे-बेसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ। सोमबारदेखिको निरन्तर वर्षाका कारण मंगलबार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो।
बेसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो।
गत वर्ष र केही हप्ताअघिको पहिरोले डुम्रे बेसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि याे खण्डसमेत पटकपटक पहिरोले अवरुद्ध हुँदै आएको छ।