काठमाडौं । पछिल्लो समय नेपालको पुर्वि र पश्चिमी क्षेत्रमा देखिएको नाइरोबी फ्लाइ जातको किरा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा पनि देखिएको छ । पालिकाका केहि वडामा किराका कारण सङ्क्रमित केहि व्यक्ति भेटिएपछि बडिगामा पनि उक्त जातको किरा रहेको पुष्टी पालिकाको स्वास्थ्य शाखाले गरेको हो ।
बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा साहायक हेम पुनका अनुशार उक्त किरा गर्मि हुने स्थानमा भेटिने हुदाँ बडिगाडका तल्लो वडामा मात्र केहि दिनदेखि नाइरोबी फ्लाइका विरामि भेटिएका हुन ।तर पालिकामा जटिल बिरामि भने अहिले सम्म नभेटिएको उनले बताए । उक्त किराको संक्रमण भए नजिकैको स्वास्थय संस्थामा सम्पर्क गर्न पनि उनले शुझाव दिए ।
किरा मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरा थिचिदा रस निस्कने र उक्त रसमा भएको पेडेरिन तत्वले छालामा सङ्क्रमण गराउने उनले बताए । तर किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने पनि हेम पुनले जानकारी दिए ।
पेडेरिन एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने बडिगाडका स्वास्थ्य शाखा सहायक पुन बताए । लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने पनि उनले सुनाए ।