पाँच सय भोटका लागि ५० लाखको बार्गेनिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

वीरगन्ज, १४ मङ्सिर । स्थानीय तहको निर्वाचनमा पर्साको सुखवा प्रसौनी गाउँपालिका १ मधुवन मथवलमा पाँच सय भोट आफूसँग रहेको भन्दै स्थानीय एक अगुवाले गाउँपालिका प्रमुखमा चुनाव लडेक एक उम्मेदवारसँग ३६ लाख रुपैयाँ लिए।

‘पैसा लिएका अगुवाले आफूसंग रहेको भोट सबै तिनै उम्मेदवारलाई हाल्न पनि लगाए, नाम गोप्य राख्ने शर्तमा पैसा दिने उम्मेदवार निकटका एक युवकले भने ,‘अहिले सांसद र विधायकको चुनावमा फेरि तीनै अगुवाले पाँच सय भोटका लागि ५० लाखको बार्गेनिङ गरिरहेका छन्, कुरा चलिरहेको छ, फाइनल चाहिँ भएको छैन।’

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै गर्दा दल र उम्मेदवारको चुनावी प्रसार जोडतोडका साथ चलिरहेको छ। घरदैलो, रात्रिसभा, कोणसभा, पार्टी प्रवेश जस्ता कार्यक्रममा दलका नेता र उम्मेदवार बिहानैदेखि रातिसम्म व्यस्त छन्।

यो सँगै उम्मेदवारका निवास र चुनावी सम्पर्क कार्यालयमा पनि नेता, कार्यकर्ता, समर्थकका साथै चुनावी खर्च लिनेको भिडभाड पनि उत्तिक्कै देखिन्छ। भोटका लागि गाउँ ठाउँको विकास भन्दा पनि मतदाताले उम्मेदवारसँग भोटका लागि हाकाहाकी रकमको मोलतोल गर्न थालेका छन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट