इन्दिराले जे देखिन्: यसरी खस्यो त्रिशुलीमा बस | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

काठमाडौँ, १४ मंसिर । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् । बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

दुर्घटनामा ​ घाइते भएकी इन्दिरा दमासेले जे देखिन्

  • म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो । करिब ३०–३२ यात्रु थियौँ ।
  • नौबिसेमा खाजा खायौँ । चालकले राम्ररी नै बस कुदाइरहेका थिए ।
  • बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो ।
  • विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो । ट्रकले आफ्नो लेन समाउन भ्याएन ।
  •  घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो ।
  •  तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो । मैले देखेअनुसार ट्रक र बस रोकिए ।
  • ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो ।
  • पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ । दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो ।
  • म बेहोस भएछु । घाइते अवस्थामै नदी–किनारबाट मलाई उद्धार गरे ।

मृतक

अर्घाखाँचीको मालारानी गाउँपालिका (हंसपुर) का ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकाल, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेल र नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको छ । पौडेलको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);