सांसदमा थापाद्वारा म्याग्दीमा कार्यरत सुरक्षाकर्मी र राष्ट्रसेवकको सुविधा हिमाली जिल्ला सरह दिन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सांसदमा थापाद्वारा म्याग्दीमा कार्यरत सुरक्षाकर्मी र राष्ट्रसेवकको सुविधा हिमाली जिल्ला सरह दिन माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले म्याग्दी जिल्लामा कार्यरत सुरक्षाकर्मी र राष्ट्र सेवकहरुको सुविधा हिमाली जिल्ला सरह दिन माग गरेका छन् । हिमाली जिल्ला म्याग्दीबाट निर्वाचित बनेका थापाले म्याग्दी जिल्लामा संसारकै सातौं तथा नेपालको छैटौं अग्लो धौवलागिरी हिमाल, अन्नपुर्ण हिमाल, निलगिरी साउथ, गुर्जा, चुरेन लगाएका हिमालहरु रहेको र हाल सम्म हिमाली जिल्ला सरहको सुविधा म्याग्दीमा कार्यरत राष्ट्रसेवकहरुले नपाएको भन्दै हिमाली जिल्ला सरहको सुविधान दिन माग राखेका हुन् ।

सांसद थापाले सरकारले हिमाली जिल्ला सरहको सुविधा उपलब्ध नगराउँदा जिल्लामा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरु जान नमान्ने र गएकाहरु पनि कागज सरुवा गराई अन्यत्र जाने गरेको भन्दै सकारको ध्यान गराएका थिए । उनले म्याग्दी जिल्ला हिमाली जिल्ला भएको भए पनि सुरक्षाकर्मी र राष्ट्रसेवकहरुलाई पर्वत, बाग्लुङ्ग जिल्ला भन्दा कम सेवा सुविधा उपलब्ध भएकोमा सांसदको ध्यानाकर्षण गराएका थिए । जिल्लामा शान्ति सुरक्षा प्रदान गर्ने ३ सय ५३ जना प्रहरीको दर्वन्दी रहेकोमा दुर्गम र सेवा सुविधा कम भएकै कारण हाल जम्मा २३४ जना मात्रै सुरक्षाकर्मी रहेको समेत जानाकारी गराएका थिए । सांसद थापाले यसै आर्थिक बर्ष देखि नेपाल प्रहरीको राशन भक्ता र राष्ट्रसेवक कर्मचारीहरुको सुविधा वृद्धिगरी म्याग्दीमा कार्यरत सुरक्षाकर्मी र राष्ट्रसेवकहरुको पनि दुर्गम हिमाली जिल्ला सरहको सुविधा दिन माग राखेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);