नेपाली सेनाद्वारा जनकपुरमा सरसफाई | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

नेपाली सेनाद्वारा जनकपुरमा सरसफाई

बटुकनाथ झा
१२ फागुन ,जनकपुरधाम ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले आज जनकपुरको जानकी मंदिर लगायतका अन्य स्थानमा सरसफाई गरेको छ । जानकी मंदिरको उत्तरपट्टीको तेलहा पोखरीको डिलमा रहेको फोहरलाई नेपाली सेना,सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले संयुक्त रुपमा सरसफाई गरेका हुन । सेना दिवस तथा भोली हुने

नेपाली सेनाद्वारा जनकपुरमा सरसफाई

बटुकनाथ झा
१२ फागुन ,जनकपुरधाम ।

महाशिवरात्री तथा सेना दिवसको अवसरमा  नेपाली सेनाले आज जनकपुरको जानकी मंदिर लगायतका अन्य स्थानमा  सरसफाई गरेको छ । जानकी मंदिरको उत्तरपट्टीको तेलहा पोखरीको डिलमा रहेको फोहरलाई नेपाली सेना,सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले संयुक्त रुपमा  सरसफाई गरेका हुन ।  सेना दिवस तथा  भोली हुने महाशिवरात्रीका अवसरमा  नेपाली सेना गोरखनाथ गण महेन्द्रनगर व्यारेक धनुषाको आयोजनामा भएको उक्त सरसफाईमा सुरक्षा निकायका तिनै अंगको सहभागीता रहेको थियो ।

जनकपुर उपमहानगरपालिकाको टिपरको सहयोगमा नेपाली सेनाले सरसफाई गरेका हुन । विगत केहि समय यता जनकपुरमा  विभिन्न अवसर पारेर सरसफाई भईरहेको छ । हरेक शनिवार जनकपुरका युवाहरुले यहाँका पवित्र  तलाउहरुमा सरसफाई गरिरहेको बेला प्रहरी प्रशासन तथा सेनाले पनि नियमित रुपमा जानकी मंदिर लगायतका स्थानमा सरसफाई गरेका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);