काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।
समिति गठनमा सहमती भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ । यसअघि प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।