भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन निर्माण गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन निर्माण गरिने

लमजुङ। लमजुङको क्व्होलासोथार गाउँपालिका ४ मा रहेको माथिल्लो मिदिम जलविद्युत आयोजनाको स्वीचार्टदेखि मध्यनेपाल नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनसम्म सिङगल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ  ।७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक भुजुङ हाइड्रो पावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र  दिन विभागले ३५ दिने सूचना जारी गरेको छ।

विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय-सुझाव मागेको छ । प्रसारण लाइनमा ५ सय ५ वटा पोल हुनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);