बेंसीसहर-चामे सडक एक साता बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

बेंसीसहर-चामे सडक एक साता बन्द हुने

लमजुङ । मनाङ जाने एक मात्र बेंसीसहर-चामे सडक एक साता बन्द हुने भएको छ ।  सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि बिहीबार बिहान ८ बजेदेखि एक साता बन्द हुने भएको हो ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले बुधबारदेखि सडक बन्द गर्ने भने पनि आर्थिक वर्षको मसान्त भएकाले सरकारी काममा समस्या हुने भएकाले बिहीवारदेखि सडक बन्द गरिने बताए ।

सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक सातासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्नेछ । उक्त सडक निर्माणका लागि संघीय सरकारले ६० लाख छुट्याएकाे छ । श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।

२०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो ।सेनाले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । ६५ किलोमिटर दूरीको बेशीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);