मिटरब्याजी साहलाई कार्वाहीको माग गर्दै जिल्ला अदालतअघि प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

साउन ६ २०८१, आइतबार

मिटरब्याजी साहलाई कार्वाहीको माग गर्दै जिल्ला अदालतअघि प्रदर्शन

सप्तरी । मिटर ब्याजी रामदेव साहलाई कारवाही गर्न माग गर्दै पीडितहरूले मंगलबार सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरेका छन् । मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा दोस्रो पटक तीन घण्टादेखि प्रदर्शन गरेको हो ।

गाउँगाउँबाट आएका पीडितहरूले र्याली निकालेर नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरिरहेका छन् । सप्तरीको खडक नगरपालिका-७ घर भई धरान बस्दै आएका साह कराेडौं रकम ठगी गरि फरार छन् । अहिलेसम्म उनलाई  प्रहरीले पक्राउ गर्न सकेकाे छैन । यसअघि मिटरब्याजी रामदेव साहलाई पक्राउ गरी कार्वाही गर्न  आईतबार अदालत अगाडि प्रदर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);