हुम्लामा हिँड्दा हिँड्दै एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

हुम्लामा हिँड्दा हिँड्दै एक महिलाको मृत्यु

हुम्ला। खार्पुनाथ गाउँपालिका–३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् । प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा ज्यान गएको जनाएको छ ।

आइतबार बिहान ९ बजे घरबाट सिमकोटका लागि हिँडेकी उनी सिमकोटनजिकै मेलगुडीमा चार बजेतिर बेहास भएको र त्यसपछि गाडीमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आज अन्तिम संस्कार गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);