जोकोभिच अन्तिम आठमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

जोकोभिच अन्तिम आठमा

काठमाडौं। साबिक विजेता नोभाक जोकोभिच सातौँ विम्बल्डन जित्ने योजना साकार बनाउन क्वाटरफाइनल प्रवेश गरेका छन् । चौथो सेटमा डच खेलाडी टिम भान रिजथोभेनलाई ३-१ ले हराउदै जोकोभिच अन्तिम आठमा प्रवेश गरेका हुन् । सेन्ट्रल कोर्टमा पहिलो सेट ६-२ ले जितेका जोकोभिचले दोस्रो सेट ४-६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट भने क्रमश जोकोभिचले १०४औं वरियताका भानबिरुद्द ६-१ र ६-२ ले जिते । अब २० पटक ठूला उपाधि जितिसकेका ३५ वर्षिय जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटालीयम जानिक सिनेरको सामना गर्नेछन् । १०औँ वरियताका सिनेरले स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ६-१ ६-४ ६-७(८-१०) ६-३ ले पराजित गरे ।

जोकोभिच १३औं पटक बिम्बल्डनको क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

Leave a Reply