डोल्पा । शे–फोक्सुण्डो गाउँपालिका–३ बस्ने टसि तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षातको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरमा मजदुरी काम गरी बस्ने जाजरकोट नलगाड नगरपालिका–७ घर भएका ३१ वर्षीय भरत बिक रहेका छन् । उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
वर्षाको कारण पर्खाल भत्किँदा एक जनाको मृत्यु
ताजा समाचार
१० निर्माण कम्पनी कालोसूचीमा
१३ घन्टा अघि
एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक
१७ घन्टा अघि