अभ्यास खेलमा ओन्टारियोलाई नेपालले हरायो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

अभ्यास खेलमा ओन्टारियोलाई नेपालले हरायो

काठमाडौं। क्यानाडासँगको एकदिवसीय शृंखला लागि भ्रमणमा रहेको नेपालले  अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सवै विकेट गुमाउदै  १५१ रनमा समेटियो ।ओन्टारियोका रियाजखान पठानले  सर्वाधिक ३६ रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले २९, निकोलस मनोहरले २५ रनको योगदान गरे । नेपालका पवन सरार्फले ३ विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रनको योगफल बनायो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए । यस्तै, आसिफ शेखले ४२, देव खनालले २७,  बसिर अहमेदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रनको योगदान गरे । ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।

अब, नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);