एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने नेपालको अवसर गुम्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने नेपालको अवसर गुम्यो

१० फाल्गुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।

एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने नेपालको अवसर गुम्यो

१० फाल्गुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।

एसीसी बोर्ड बैठकले एक दिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालको अवसर गुमेको हो ।

सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।

अव प्रतियोगितामा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलिरहेको नेपालका लागि इमर्जिङ कप एउटा अवसर थियो । जहाँ लिगको आगामी प्रतिद्धन्दी हङकङ र युएईसँग भेट हुनसक्थ्यो ।

तर नयाँ निर्णयले संभावित अवसरबाट नेपाल बञ्चित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);