काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ६१२ एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । बुधबार १९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६२ जना कोरोना संक्रमित
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
९ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
१३ घन्टा अघि
नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव
१४ घन्टा अघि




