दलहरुबीच कुरा नमिलेपछि सूचना टाँस गरी संसद बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८१, मंगलबार

दलहरुबीच कुरा नमिलेपछि सूचना टाँस गरी संसद बैठक स्थगित

१० फाल्गुन, काठमाडौं । आजको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

दलहरुबीच कुरा नमिलेपछि सूचना टाँस गरी संसद बैठक स्थगित

१० फाल्गुन, काठमाडौं । आजको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरिएको थियो । तर दलहरुबीच सहमति नजुटेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

संविधान संशोधन विधेयकको बिरोधमा रहेको नेकपा एमाले र विधेयक अगाडि बढाउनु पर्ने मधेशी मोर्चा आवद्ध दलको अडानका कारण बैठक सूचना टाँसेर बुधबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।

कार्यब्यवस्था परामर्श समितिको आज बसेको बैठकमा सभामुख ओनसरी घर्ती र मुख्य ८ दलका प्रमुख सचेतक सहमतिका लागि भन्दै एक दिन बैठक स्थगित गर्न सहमत भएका हुन् ।

स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक राजनीतिक वातावरण निर्माणका लागि भन्दै संसद बैठक १६ दिनका लागि स्थगित भएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);