एमाले कैलालीका अध्यक्ष पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

एमाले कैलालीका अध्यक्ष पदमुक्त

धनगढी। नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ । सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश बैठकले थापालाई कारवाहीस्वरुप अध्यक्ष पदबाट हटाएको हो।

बैठकले जिल्ला कमिटीबाट आएको सिफारिसअनुसार थापालाई अध्यक्ष पदबाट हटाएर जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए।

२३ असारमा एमाले जिल्ला सचिवालयको बैठकले चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी कमिटीको बैठक नराखेकाे भन्दै कारवाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गरेको थियो। सो निर्णय सदर गर्दै आगामी १५ साउनभित्र जिल्ला अध्यक्षका लागि निर्वाचन गर्न निर्देशन दिएको सचिव पाठकले बताए।

Leave a Reply

ताजा समाचार