भारी वर्षाका कारण बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प  | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

भारी वर्षाका कारण बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प 

खोटाङ।भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा धाप्लाङ–गाउँपालिकाको कार्यालय–बराहपोखरी, बंशिलाघाट–मौवाबोटे, कम्पुघाट–गाउँपालिकाको कार्यालय, पौवासेरा–गाउँपालिकाको कार्यालय लगायतका सडक अवरुद्ध भएको हो ।कच्ची सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रु बाहक सवारी साधन चल्न नसकेको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईले बताए । धाप्लाङ–बराहपोखरी र बंशिलाघाट–मौवाबोटे सडक गाउँपालिका र उदयपुर जोड्ने सडक हो । सवारी साधन नचल्दा स्थानीय पैदल यात्रा गर्न बाध्य छन् ।

भारी वर्षाका कारण कतिपय सडक खण्डमाथिबाट पहिरो खसेको छ । सडकको नाली र तारजाली सहितको पर्खाल पहिरोले पुरिनुका साथै बाढीले बगाएको छ । सडकमा ठूला–ठूला ढुंगा खसेको उपाध्यक्ष राईले बताए । अवरुद्ध सडकमा बाइक सञ्चालन गर्न मिल्ने गरी बाटो मर्मत थालिएको छ । सडक खुलाउनका लागि गाउँपालिकाकै जेसिभि प्रयोग गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘ठूला ठूला ढुंगा पल्टिएर सडकमा थुप्रिएको छ । गाडी चल्ने अवस्था छैन,’ उपाध्यक्ष राईले भने, ‘हाललाई बाइक कुदाउन मिल्नेगरी बाटो बनाउने काम भइरहेको छ । जेसिभी पनि पठाउने तयारी गरिरहेका छौँ । तर ठूलो ठूलो ढुंगा जेसिभीले पन्छाउन सक्ने अवस्था छैन ।’

Leave a Reply