आदर्श लघुवित्तको आईपीओ बाँडफाँट आज | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट आज

काठमाडौं। आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ सोमबार बाँडफाँट हुँदै छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबा सेयर बाँडफाँट हुँदै छ ।मागभन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाउनेछन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन ५ असारसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट दुई अर्ब एक करोड ४२ लाख रुपैयाँ बराबरको दुई करोड एक लाख ४२ हजार ६१० कित्ता सेयरको माग आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता सेयरको ३२१.६८ गुणा बढी हो।

लघुवित्तले १ असारदेखि कुल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। हाल लघुवित्तको चुक्ता पुँजी एक करोड ४० लाख रुपैयाँ छ।आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी दुई करोड ७ लाख रुपैयाँ पुग्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);