सरस्वती गिरी १० फाल्गुन, जाजरकोट । पहाडी जिल्ला जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आकर्षित भएका छन । देश बिदेशबाट महको माग बढेपछि ब्यबसायिक मौरी पालन तर्फ किसानहरुको आकर्षण बढेको हो । जिल्लाका केही गाविसलाइ मह उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरेर ब्यबसायिक मौरी पालन शुरु गरिएको हो । आधा दर्जन गाविसका किसानले ब्यबसायिक रुपमा मौरी पालन गर्दै आएका छन । महबाट राम्रो आम्दानी हुने भएपछि किसान मौरी पालन ब्यबसाय थालेको किसानहरुको भनाई छ । हेरक वर्ष किसानहरुले ४३ मेट्रिक टन भन्दा बढि मह उत्पादन गर्ने गरेका छन । तर महको माग भने देश बिदेशबाट बढ्दै गएको छ ।
शुद्ध आर्गेणिक मह भएकोले माग बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ब्यबस्थित रुपमा महको उत्पादन र बजारी गर्न जिल्लामा मह संकलन केन्द्र र प्रशोधन केन्द्र स्थापना गर्न थालिएको मौरी महासंघ जाजरकोटका अध्यक्ष पूर्णबहादुर खत्री बताउनु हुन्छ । पहिलो चरणमा जिल्लाका खलंगा, लहँ, डाडागाउँ, झाप्रा, मजकोट लगायतका गाविसलाइ मह उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरिएको छ । त्यस्तै अन्य गाविसलाई प्रभाबित क्षेत्र मानेर मौरी पालन ब्यबसाय बिस्तार गर्न थालिको मौरी महासंघले जनाएको छ । प्रसस्त मह उत्पादन भए पनि यातायात असुबिधाका कारण बजारीकरणमा समस्या भएको किसानहरुको गुनासो छ ।