७ महिनामै २३ करोड ४१ लाख भन्दा बढी राजश्व सक्लन | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

७ महिनामै २३ करोड ४१ लाख भन्दा बढी राजश्व सक्लन

क्षेत्रनाथ देबकोटा
१० फागुुन,बाँके । चालू आर्थिक वर्ष २०७३ र ७४ को ७ महिनाको अवधीमा भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जमा ६ हजार ८३ वटा सवारी साधनहरु दर्ता भएका छन् । दर्ता हुन आएका यी सवारी साधनहरुबाट कार्यालयले २३ करोड ४१ लाख ८८ हजार १ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको माघ

७ महिनामै २३ करोड ४१ लाख भन्दा बढी राजश्व सक्लन

क्षेत्रनाथ देबकोटा १० फागुुन,बाँके । चालू आर्थिक वर्ष २०७३ र ७४ को ७ महिनाको अवधीमा भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जमा ६ हजार ८३ वटा सवारी साधनहरु दर्ता भएका छन् । दर्ता हुन आएका यी सवारी साधनहरुबाट कार्यालयले २३ करोड ४१ लाख ८८ हजार १ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म यतिको सवारी दर्ता भएको यातायात व्यवस्था कार्यालयको तथ्यांक समेत रहेको छ ।

नेपालगन्ज लगायत यस क्षेत्रका मुख्य शहरहरुमा कार, जिप, भ्यान, बस, पिकअप, ट्रक, क्रेन, डोजर, एस्काभेटर, माइक्रो बस, टेम्पो, ट्र्याक्टर, ई÷रिक्सालगायत गाडी मासिक रुपमा आयात हुने गरेको कार्यालयले बताएको छ । थपिएका सवारीमध्ये मोटरसाइकलको संख्या धेरै छ । चालू आर्थिक वर्षको ७ महिनामा कार÷जिपको आयात पनि उच्च रहेको छ ।

७ महिनाको अवधिमै २ सय २५ वटा कार, जिप र भ्यान कार्यालयमा दर्ता भैसकेको कार्यालयले जनाएको छ । कार्यालयमा दर्ता हुन आएका सवारी साधनाबाट मात्रै ७ महिनाको अवधीमा राजश्व पनि बढ्दो रुपमै संकलन भैरहेको भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जका कायालर्य प्रमुुुुख पवन सुुवेदीले बताउनुु भयो ।

Leave a Reply