सेन्चुरी बैंकले खुलायो लिलामी सेयर | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

सेन्चुरी बैंकले खुलायो लिलामी सेयर

काठमाडौं। सेन्चुरी बैंकले ८ असारबाट १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ ।बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन १६ असार बिहान १० बजे एनआईबीएल एस क्यापिटल, लाजिम्पाट  काठमाडौंमा खोलिनेछ।

Leave a Reply