कमल थापा राप्रपामा निर्विकल्प, यसरी ल्याए अत्याधिक मत | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

कमल थापा राप्रपामा निर्विकल्प, यसरी ल्याए अत्याधिक मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित हुभुभएको छ ।

कमल थापा राप्रपामा निर्विकल्प

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित हुभुभएको छ । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

 थापाले २ हजार ८०४ मत पाउनुभयो । उहाँका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएको राप्रपाका सहमहामन्त्री राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ ।

महाधिवेशनको पूर्वसंध्यामा राप्रपामा शीर्ष नेताहरुबीच कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको थियो ।

फागुन ६ गतेबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भने मतदान हुन बाँकी छ ।

आज विहान ७ बजेबाट मतदान भैरहेको सहमहामन्त्री गुरुङले जानकारी दिनुभयो । ९८ केन्द्रीय सदस्यका लागि साढे ३ सय बढीको उम्मेदवारी परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);