सवारी दुर्घटनामा खानेपानी संस्थानका नासुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

सुनसरी, ११ मंसिर । धरानमा भएको सवारी दुर्घटनामा मुन्धुमविद् भरत सुब्बा र श्रीमती टीकादेवी सुब्बाको ज्यान गएको छ।

खानेपानी संस्थान धरानका नायव सुब्बासमेत रहेका भरत र श्रीमती टीकादेवी चढेको को४प ६३१७ नम्बरको मोटरसाइकललाई सोमबार धरानको तीनकुने सडकखन्डमा को१झ २७१४ नम्बरको पिकअप भ्यानले पछाडिबाट ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

भ्यान चालक धनकुटा, हिलेका हिरालाल मगरलाई पक्राउ गरिएको धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। धरान उपमहानगरपालिका वडा नम्बर–१६ घर भएका सुब्बा लिम्बू भाषा संस्कृतिका ज्ञातासमेत थिए।

ताजा समाचार