अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै

अख्तियारको छानविन चल्दै, विमान उडाउँदै

बाजुरा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका उजुरी परेका छन्।

आर्थिक वर्ष ०७८÷७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ वटा उजुरी अख्तियारमा परेको तथ्यांक छ। जसममध्ये नौवटा मुद्दा फछ्र्योट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरले जनाएको छ ।यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम उजुरी खप्तड छेडेदह गाउँपालिकाको छ। सो गाउँपालिकाको एउटा मात्रै उजुरी अख्तियारमा परेको तथ्यांकमा उल्लेख छ ।हिमाली गाउँपालिकाका पाँच, स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच, जगन्नाथ गाउँपालिकाका चार, बुढिनन्दा नगरपालिकाका चार तथा बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका तीन÷तीनवटा उजुरी परेका छन्। बाजुराका नौवटै स्थानीय तहका गरी ३८ वटा उजुरी परेको र १८ को फछ्र्योट भइसकेको र २० वटा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगले जनाएको छ।

Leave a Reply

ताजा समाचार