सर्लाही ४ का माओवादी उम्मेदवार रायको उम्मेदवारी खारेज | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

काठमाडौँ, ११ मंसिर । निर्वाचन आयोगले सर्लाही ४ का माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज गरेको छ। कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमाथि परेको उजुरीमा कारबाही गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको हो।

यादवलाई वाम गठबन्धनले साझा उम्मेदवार बनाएको थियो। पूर्वसभासद्समेत रहेका यादवले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्दै उनको उम्मेदवारी खारेज गराउन उजुरी परेको थियो। यही क्षेत्रमा कांग्रेसबाट अमरेशकुमार सिंह उम्मेदवार बनेका छन्।