मेस्सी चौथो पटक गोल्डेन बुट अर्वाडबाट सम्मानित | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

एजेन्सी, ९ मंसिर। सन् २०१७को युरोपियन गोल्डेन बुट अवार्ड बार्सिलोनाका लियोनल मेसीले हात पारेका छन्। उनको यो चौथो गोल्डेन बुट अवार्ड हो। सन् २०१६/१७ को सिजन स्पानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन्। जुन युरोपको कुनै पनि लिगमा एकै खेलाडीले गरेको सर्वाधिक गोल हो।

मेस्सीलाई एक समारोहमा बार्सिलोनाकै सहकर्मी लुइस सुवारेज गोल्डेन बुट प्रदान गरे। सुवारेजले पनि २०१५/१६ को सिजनमा उक्त अवार्ड पाएका थिए।

मेस्सी आफ्नी श्रीमती एन्टोनेला राकुजा र छोरा थियागोसँगै अवार्ड समारोहमा पुगेका थिए। मेस्सी ले चौथो पटक उक्त अवार्ड जित्ने क्रममा डच फरवार्ड बास डोस्टलाई पछि पारे। डोस्टले पोर्चुगलको स्पोर्टिङ लिस्वनबाट खेल्दै ३४ गोल गरेका थिए।

यसअघि मेस्सी ले २००९/१०, २०११/१२ र २०१२/१३ को सिजनमा उक्त अवार्ड जितेका थिए। यससँगै मेस्सीले सर्वाधिक ४ पटक गोल्डेन बुट जित्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्।

मेस्सीले गत सिजन स्पानिस लिगमा ३७ गोल गरेका थए भने सबैखाले प्रतियोगितामा गरेर बार्साका लागि ५४ गोल गरेका थिए। युरोपियन स्पोर्ट्स मिडियाले यस अवार्ड प्रदान गर्दै आइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);