८ फागुन काठमाडौं । सत्तारुढ नेपाली नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।
प्रधानन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको कांग्रेस र माओवादीको बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सोमबार बिहानसम्म निर्वाचनको मिति घोषणा हुने बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले पुनर्संरचना आयोगको प्रतिवेदनमा पुनर्विचार गर्ने र तराईमा जनसंख्याका आधारमा तथा हिमाल र पहाडमा भूगोलका आधारमा निर्वाचन क्षेत्र तोक्नेबारे बैठकमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादवलगायतको उपस्थित रहेको थियो ।