संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ निमार्णधिन सडकमा सुख्खा पहिरोले दुई जना मजदुर पुरिएका छन् । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जिप्रका संखुवासभाका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएको हुन् । पहिरोमा पुरिएका राई र मगरद्वयको उद्धार कार्यका लागि स्काभेटर, प्रहरी र स्थानीयहरुले पहिरो पन्छ्याउने काम गरीरहेको प्रहरीले जनाएको छ ।
संखुवासभामा निर्माणाधिन सडकमा पहिरो जाँदा २ मजदुर पुरिए
ताजा समाचार
कोरियाको रेलको टिम नेपाल आउदै
७ घन्टा अघि