काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनमा मतदातालाई प्रलोभनमा पार्न सेतो पूर्जा (जग्गाधनी पूर्जा) वितरण गरिएको आरोप लगाएका छन् । संसदमा पेस गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रम जनपक्षीय नभएको र भ्रष्टाचार तथा अनियमितता गर्ने आधारहरु प्रशस्तै रहेको दाबी गरे । एमाले सरकारले गठन गरेको भूमि आयोग विघटन गरेर आफ्ना नेता भर्ती गर्न अर्काे आयोग गठन गरेको भन्दै उनले सो आयोगमार्फत निर्वाचनका बेला सेतो पुर्जा वितरण गरेको आरोप लगाए । नीति तथा कार्यक्रम देशलाई दिशा निर्देश गर्न खालको नरहेको उनको भनाइ छ ।
निर्वाचनको बेला सेता पुर्जा बाँडियो : ईश्वर पोखरेल
ताजा समाचार
गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा
१० घन्टा अघि
बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
१० घन्टा अघि
बागमती प्रदेशमा यस वर्ष धानको उत्पादन घट्यो
११ घन्टा अघि